ग्ल्यामरस र बोल्ड निश्चल र साम्राज्ञीको ‘लण्डन टू पेरिस’ ट्रेलर


घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘लण्डन टू पेरिसको ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ट्रेलर ग्ल्यामरस काटेको छ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-नायक निश्चल खड्काका किस र बेड सिन ट्रेलरमा देख्न सकिन्छ। चलचित्र मार्फत गरिमा शर्मा अभिनेत्रीको रुपमा डेव्यु गर्दैछिन् ।

कविर खड्काको अभिनय चलचित्रमा देख्न पाइन्छ । जेठको २५ गतेबाट रिलिज हुने चलचित्रमा धेरै कलाकारको आगामी यात्रा जोडिएको छ । साम्राज्ञी लगातार फ्लप चलचित्रबाट बाहिर निस्कन चाहन्छिन्। निश्चल र गरिमा यही चलचित्र मार्फत सफलताको डेव्यु चाख्न खोजिरहेका छन्। पहिलो गीतले खासै चर्चा बटुल्न नसककेको बेला टीजरले कस्तो ध्यान खिच्ने हो हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्