प्रेमिल अनमोल र जसिताको जोडी (फोटोफिचर)


अनमोल केसी र जसिता गुरुङ्गको फ्रेस कपल यतिबेला चर्चामा रहेको छ । जेठ १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’ को यो जोडी आकर्षक देखिएको छ। ट्रेलर, गीत देखि मिडिया अन्तर्वार्तासम्म यो जोडीले सवैको प्रेम बटुलिरहेको छ। अनमोल र जसिताको प्रेमिल उपस्थितिले नै दर्शकलाई मोहित पारिरहेको छ।

अनमोलको यो १० औ चलचित्र हो। उनको करियरका लागी यो बिशेष रहेको उनि स्वयंले बताउदै आएका छन्। करियरको नमीठा पलहरु पश्चात उनले यो चलचित्रमा काम गरेका थिए। जसिताको लागि पनि यो चलचित्र निकै महत्वपूर्ण रहेको छ । कम चलचित्रमा काम गर्ने उनको लागि ‘फर्की फर्की’ बिशेष हुनेछ।

अन्तर्वार्ता देखि फोटोसुट सम्म दुवैको प्रेम छल्किएको छ। दुवैले प्रेममा रहेको स्विकार नगरे पनि भविष्यमा जे पनि हुन् सक्ने बताउदै आएका छन्। रिजर्भ रहने अनमोल जसितासंग खुलेर अन्तर्वार्तामा प्रस्तुत भैरहेका छन् भने जसिता अनमोलको दुखमा आँशु बगाईरहेकी छिन् । ट्रेलरले उच्च हाइप बटुलेको ‘फर्की फर्की’ ले दर्शकको साथ कस्तो बटुल्ने हो त्यो भने जेठ १० पछि थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्