A vertical shot of the black cat in the dark darkness

चलचित्र कल्याणकारी कोषलाई दिपक- दीपाको सहयोग


कलाकारको कल्याणका लागी खोलिएको चलचित्रकर्मी कल्याण कोषलाई कलाकार दिपकराज गिरि, दिपाश्री निरौला र निर्माता रोहित अधिकारीले तीन लाख रकम सहयोग घोषणा गरेका छन्। व्यक्तिगत रुपमा एक-एक लाख सहयोग तीनै जनाले गरेका हुन्। कोष संयोजक कथा बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले यसको जानकारी दिएकी छन्। निर्देशक निरौला कल्याणकारी कोषको सदस्य समेत हुन्। उनले कलाकारको दायित्व सम्झिएर आफुले आर्थिक सहायता दिने निर्णय गरेको बताएकी छिन्। आपत पर्दा हामीले गुहार्ने भनेको नै कल्याणकारी कोष हो। त्यसैले यो हामी सवैको दायित्व हो, आफुले सकेको सहयोग गरौ। ‘ कोषले चलचित्रकर्मीको उपचारमा बिशेष सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्