पुनर्मिलनमा दंग सौगात र सृष्टि


करिब ५ बर्ष प्रेममा रहेको जोडी ,सौगात मल्ल र सृष्टि श्रेष्ठ धेरैका लागी आदर्श रहेका थिए। यो प्रेमिल जोडी विवाहसम्मको निर्णयमा पुगेर छुट्यो । दुवैको प्रेमको अन्त्यले सबैलाई अच्चामित बनाएको थियो। २०७९ सालमा प्रेम सम्बन्धलाई टुंग्याउने निर्णय गरेका यो जोडीले प्रेममा रहँदा धेरै चलचित्रमा सहकार्य गरे।

उनीहरुले ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘द सेक्रेट अफ राधा’, ‘द रेड सुटकेस’ लगायत चलचित्रमा सहकार्य गरेका थिए। लामो प्रेम सम्बन्ध टुटेपछि दुवैको सहकार्य नहुने आंकलन रहेको थियो। तर दुवैले यो आंकलन गलत सावित गरिदिएका छन् । दुवैले ‘भाइरल गोर्खे’ चलचित्रमा सहकार्य गरिरहेका छन्।

गत बैशाखदेखि लमजुङस्थित भुजुङ गाउँमा छायांकन भइरहेको चलचित्रको सेड्युल सकिन करिब एक हप्ता बाँकी रहँदा सृष्टि पुगेकी थिइन् । उनले सौगातको जोडी भएर काम गरेकी छन् । भुजुङ्ग गाउँको सेड्युल सकिएपछि सृष्टिले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्। उक्त भिडियोमा सौगात र सृष्टि संगै रहेका छन्। दुवै कम्फर्टेबल देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्