अष्ट्रेलिया र न्युजिल्यान्डमा ‘फर्की फर्की’ को व्यापार १ करोड माथी


नेपालमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘फर्की फर्की’ को ओभरसिज व्यापार पनि बम्पर बनिरहेको छ। सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रले अष्ट्रेलिया र न्युजिल्यान्डको बक्स अफिसमा आक्रामक व्यापार गरेको वितरक नमस्ते इन्टरटेन्मेन्टले जानकारी दिएको छ। चलचित्रले दुई देशमा तीन दिनमा १ करोड रुपैयाँ भन्दा बढी कलेक्शन गरेको वितरण कम्पनीले जनाएको हो ।

अष्ट्रेलीयाका ८ र न्युजिल्यान्डका ६ वटा राज्यमा रिलिज भैरहेको चलचित्रले बक्स अफिस कलेक्शनमा यसअघि रिलिज भएका नेपाली चलचित्रको रेकर्डलाई उछिनेको बताइएको छ । वितरक देव कार्कीका अनुसार चलचित्र न्युजिल्यान्ड र अष्ट्रेलीयाका ४५ हलका ५ सय पर्दामा रिलिज भइरहेको छ ।

अमेरिकाका ११ सहरमा पनि चलचित्रले दर्शकको उच्च साथ पाएको वितरक प्याट्रिक सुवेदीले जानकारी दिए। नेपालमा बिहिबार र शनिबार आक्रामक व्यापार गरेको चलचित्रको व्यापार अन्य दिनमा पनि सन्तोषजनक रहेको वितरक गोबिन्द शाहीले जानकारी दिए। मंगलबार गणतन्त्र दिवस भएको कारण चलचित्रको व्यापार उच्च हुने अनुमान गरिएको छ । रोहित अधिकारीको निर्माणमा तयार भएको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ्ग, रवि काफ्ले र सम्वृद्धि अर्याल मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्