A vertical shot of the black cat in the dark darkness

फेरी पर्दामा देखिदै पूजा र आकाशको जोडी


चलचित्र ‘रामकहानी’ पछी दर्शकले पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई निकै रुचाए। दुवैको केमेष्ट्री रिल मात्र हैन रियलमा पनि भैदियोस भन्ने चाहना राख्नेहरु पनि धेरै देखिए। केहि समय भयो पूजा र आकाशको सम्बन्ध केहि चिसो देखिएको। सार्वजनिक कार्यक्रममा नै दुवैको सम्बन्धमा दरार आएको प्रष्ट देखिन्थ्यो। तर यो जोडी अभिनित केहि चलचित्र रिलिज हुन नै बाँकी छन्। आफुले कमिट गरेका केहि व्यावसयिक काम दुवैके सकेका पनि छन्। तर यी दुवैले व्यवसायिक मर्यादा सायद नाविर्सिएको प्रष्ट देखिन्छ। दुवै अभिनित चलचित्र ‘सम्झना विर्सना’ जेठ ६ गतेबाट रिलिज हुदैछ। चलचित्रको प्रचार समाग्री अन्तर्गतको पहिलो गीत रिलिजको तयारीमा रहेको छ। पूजा र आकाश दुवैले आफ्नो सामाजिक संजालमा शेयर गर्दै एक अर्कालाई ट्याग गर्नसमेत भ्याएका छन्। उसो त केहि समय अगाडी देखि शुभकामना आदानप्रदान गर्न यी दुवै अग्रसर हुदै आएका छन्। पूजा अभिनित र निर्मित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चलचित्रको प्रिमियरमा आकाश पुगेपछि दुवैको चिसिएको सम्बन्ध केहि न्यानो भएको अपेक्षा सवैले राखेका थिए। अपेक्षा गरौ दर्शकको माया पाएको यो जोडी आगामी दिनमा पनि चलचित्रको पर्दामा जोडीको रुपमा देखिनेछ।

प्रतिक्रिया दिनुहोस्