A vertical shot of the black cat in the dark darkness

आर्यन र सलिनाले सुरु गरे ‘हामी छौं’ सुटिङ्ग, दशैँमा रिलिज


सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को सुटिङ सुरु भएको छ । डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहने डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्त कुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकी लगायतको अभिनय छ ।


प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । उनले गीतबाट डकुड्रामाको छायांकन सुरु गरिएको जानकारी दिए ।

यो डकुड्रामा मार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको छ। डकुड्रामामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन रहेको छ।
डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । यसको सुटिङ अवधि ४५ दिन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्