मह जोडीलाई लिएर प्रदीपको ‘महापुरुष’


महसंचार हुदै चलचित्र निर्देशनमा आफुलाई अव्वल बनाएका निर्देशक प्रदिप भट्टराईको निर्देशनमा चलचित्र ‘महापुरुष’ बन्ने भएको छ। जात्रा, शत्रुगते, जात्रे जात्रा जस्ता सफल चलचित्र निर्देशन गरेका भट्टराईको नयाँ चलचित्रमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहनेछन् । दिपेश खत्री निर्माता रहेको चलचित्रमा रविन्द्रसिंह बनिया कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा मह जोडीको साथमा गौरी मल्ल, अरुण क्षेत्री मुख्य भूमिकामा रहनेछन् । बैशाख दोश्रो साताबाट छायाकनमा जाने तयारीमा रहेको चलचित्रमा केहि कलाकार छनोट हुन् बाँकी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्