A vertical shot of the black cat in the dark darkness

बलियो बन्यो ‘माइली’ को स्टारकाष्ट: प्रियंका, करिश्मा देखि कुसुमसम्म


चलचित्र ‘माइली’ को स्टारकाष्ट रोचक बन्दै गएको छ । अभिनेत्री प्रियंका कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गरेर घोषणा गरिएको चलचित्रमा एकपछि अर्को कलाकार अनुबन्धित हुँदै गएका छन्। चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर, लोक गायिका कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भैसकेका छन् ।

अब यो चलचित्रमा मोडल तथा अभिनेत्री कुशुम शर्माको पनि प्रवेश भएको छ । यो चलचित्रमा स्टारको साथमा चर्चामा रहेका कलाकारको प्रवेशले चलचित्र प्रतिको रोचकता थपेको छ । बाबुसाहेब बलामीको निर्देशनमा तयार हुने चलचित्र महिला प्रधान रहनेछ । महिलाको पीडा र संघर्षलाई देखाइने चलचित्रलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं तथा दुबईमा छायांकन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्