A vertical shot of the black cat in the dark darkness

‘नमेटिने घाउ’ पोस्टर: प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रमा


रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘नमेटिने घाउ ’को फस्टलुक रिलिज भएको छ । सार्वजनिक पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य रुपमा स्थान दिइएको छ । साथमा प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा लगायतलाई पनि मुख्य कलाकारको रुपमा प्रस्तुत गरिएको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सासंद ज्ञानेन्द्र शाहीको पनि अभिनय चलचित्रमा रहेको छ।

एसिड आक्रामणमा परेका ३३ जनाको कथा बोल्ने चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, स्वस्तिमा कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र भदौ ७ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्