A vertical shot of the black cat in the dark darkness

‘पिताम्बर’ मा आर्यनको प्रवेश, मुख्य भूमिकामा प्रदिप कि सौगात?


निर्देशक कृषा चौलागाईको ड्रिम प्रोजेक्ट ‘पिताम्बर’ मा एकपछि अर्को सप्राइज आइरहेको छ । पहिलो चरणको सुटिङ्ग सम्पन्न गरेर दोश्रो सेड्युलमा जान लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । आर्यन पछिल्लो समय डिमाण्डमा रहेका छन्। ‘पुजार सार्की’ को सफलता पछि आर्यन चलचित्रमा लगातार अनुबन्धित भैरहेका छन्। उनले केहि समय अगाडी ‘छक्का पन्जा ५’ मा अभिनय गरेका थिए। यतिबेला उनी ‘के घर के डेरा: घर नम्बर २’ को सुटिङ्गमा व्यस्त रहेका छन्।

कृषाले पिताम्बरलाई ग्रयाण्ड बनाउन कुनै कसर बाँकि राखेकी छैनन्। चलचित्रको स्टारकास्ट पावरफुल रहेको छ। चलचित्रको प्रमुख भूमिकामा को भन्ने कन्फ्युजन निर्देशक स्वयम् ले गरिसकेकी छिन्। चलचित्रका प्रमुख दुई पात्र सौगात मल्ल र प्रदिप खड्कामा को पिताम्बर भन्ने प्रश्न गर्दै उनले समाजिक संजालबाट कन्फ्युजन परेकी छन्।

चलचित्रमा आर्यन, सौगात र प्रदिपसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । यी कलाकारको लाइनअपले चलचित्र बिशेष बन्ने अपेक्षा गर्न सकिन्छ। केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको चलचित्रका निर्माता विशाल चौलागाई हुन् भने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्