A vertical shot of the black cat in the dark darkness

घटस्थापना बाट सर्यो ‘सानो संसार’, असोज ११ बाट रिलिज तय


चलचित्र ‘सानो संसार’ को प्रदर्शन मिति हेरफेर भएको छ। असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको चलचित्र अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिता हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ कि श्रीमती हुन्। चलचित्रमा सीताका साथमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । सिद्धार्थ पुडार्सनीले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्