पल प्रकरणमा नाबालिगका बाबुले पनि फेरे बयान


जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका पल शाहको मुद्धामा नयाँ मोडहरु आउने क्रम जारी रहेको छ। हिजो जिल्ला अदालत तनहुमा भएको बकपत्रमा नाबालिग गायिकाले आफ्नो वयान फेरेकी थिइन्। उनले उक्साहटमा मुद्धा दायर गरेको र आफुहरु बीच त्यस्तो सम्बन्ध नभएको बयान दिएकी थिइन्। त्यस्तै जाहेरवाला पिडितका बाबुले पनि आफ्नु बयान फेरेका छन्। उनले बकपत्रमा पहिले दिएको भन्दा फरक बयान दिएका छन्। उनले करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी दिएको र आफुले नदेखेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्