A vertical shot of the black cat in the dark darkness

सौगात मल्लको ‘बम बहादुर’ रिलिज तय


अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा रहेको चलचित्र ‘बम बहादुर’ को रिलिज मिति तय गरिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै कार्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिएको हो । सार्वजनिक पोष्टरमा सौगातलाई लडाकूको अवतारमा देखाइएको छ । सस्पेन्स, थ्रिलर, रोमान्स र सामाजिक कथामा तयार भएको चलचित्रलाई जोन राईले निर्देशन गरेका छन् ।

बिस्ट ब्रदर्स फिल्मस् प्रा.लिको निर्माणमा बनेको चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, वाशित कार्की, सुरेश पाँचकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सञ्जीव कार्की चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्