A vertical shot of the black cat in the dark darkness

पहिलो सन्तानको आमा बन्ने तयारीमा नन्दिता केसी


गत वर्षको फागुन १९ गते विवाह गरेकी अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन्। उनले शनिबार आफ्नो समाजिक संजाल मार्फत यसको जानकारी गराएकी हुन्। श्रीमान र परिवारसंग खिचिएका तस्विरमा उनले ‘सून टू वी ममी’ लेखिएको टिसर्ट लगाएकी छन्।

अरविन्द्र कटवालसंग विवाह गरेकी नन्दिता अमेरिकामा रहेकी छन् । लामो समयबाट अमेरिका बस्दै आएकी नन्दिताले धुमधामसंग विवाह गरेकी थिइन्।

नन्दिता लेख्छिन्,’ नारिले पाएको मातृत्वको बरदान र पुरूषले पाएको जगत पिता को बरदान ! सन्तानलाई गर्वमा हुर्काउदै गर्दा आफुलाई भाग्यमानी महसुस गरिरहेका छौ। भगवानको आशिर्वाद र मातापिताहरूको साथमा आफ्नतजन र सम्पुर्ण शुभचिन्तकको आशिर्वादलाई शिरमण गर्दछौ।’

प्रतिक्रिया दिनुहोस्