A vertical shot of the black cat in the dark darkness

पल र दिपिकाको ‘मायावी’ फागुन १४ बाट आउने


निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मायावी’ को नयाँ रिलिज मिति तय भएको छ। कार्तिक १५ हुँदै पौष २६ पुगेको चलचित्र अव फागुन १४ गते (महाशिवरात्रि) बाट रिलिज हुने भएको छ। पल शाह र दिपिका प्रसाई अभिनित चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति कन्फर्म गरिएको हो।

यहि मितिमा चलचित्र ‘लाज शरणम्’ आउने पक्का रहेको छ भने फागुन १६ बाट ‘होस्टेल ३’ रिलिज हुँदैछ। यो चलचित्रबाट पल शाह निकै आशाबादी रहेका छन्। उनले अभिनय गरेका पछिल्ला दुई चलचित्रमा ‘पुजार सार्की’ सफल बन्यो भने ‘रावायण’ फ्लप बन्यो। पूजार सार्कीको क्रेडिट उनले मात्र पाएनन्। सोहि कारण पनि पलका लागी मायावी चल्न पर्नेछ। निर्देशक भट्टराई र अभिनेत्री दिपिकाका लागी पनि यो चलचित्र बिसेष नै बन्नेछ। चलचित्रमाप्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको अभिनय रहेको छ । राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने चलचित्रको निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्