A vertical shot of the black cat in the dark darkness

नयाँ रिलिज मिति तय गर्दै सौगातको ‘बम बहादुर’ को टिजर सार्वजनिक


सौगात मल्ल मुख्य भूमिकामा रहेको चलचित्र ‘बम बहादुर’ को रिलिज मिति तय गरिएको छ। सोमबार चलचित्रको टिजर सार्वजनिक गर्दै पौष ५ गतेलाई रिलिज मिति तय गरिएको छ। नेपाल र भारतमा चलचित्र एकसाथ प्रदर्शन हुँदैछ।

चलचित्रको टीजरले ‘गोर्खा ल्यान्ड’ को विषय उठाएको छ। २०७४ सालमा ‘गोर्खा ल्यान्ड’को माग गर्दै भारतको दार्जिलिङमा ठूलो आन्दोलन भएको थियो। चलचित्रको टिजरले पनि यहि संकेत गरेको छ। चलचित्रलाई जोन राईले निर्देशन गरेका छन्। चलचित्र मनोरन्जनसंगै सन्देशमुलक रहेको निर्देशकले बताएका छन्।

चलचित्रले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने उनले बताए । चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल लगायतको अभिनय रहेको छ । सञ्जीव सार्की चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्