A vertical shot of the black cat in the dark darkness

‘स्प्लिट्भिल्ला ५’ की दिकिला अव ‘माइतिघर’ मा


एमटिभी बाट प्रसारण हुने चर्चित शो ‘स्प्लिट्भिल्ला सिजन ५’मा देखिएकी दिकिला शेर्पाको फ्यान फलोइंग गज्जबको रहेको छ। चर्चामा रहेकी दिकिलाले एकदेव लिम्बुको पछिल्लो चर्चित गीत ‘झिम झिमाउने आँखा’ मा अभिनय गरेकी थिइन्।

उनै शेर्पा अब चलचित्रमा देखिने भएकी छिन्। बलियो स्टारकाष्ट रहेको चलचित्र ‘माइतिघर’ मा उनि अनुबन्ध भएकी हुन्। केदार घिमिरे, प्रकास सपुत, उपासना सिंह ठकुरी अनुबन्ध भैसकेको चलचित्रमा उनलाई पनि देख्न सकिने भएको हो। मिलन तामाङको निर्देशनमा बन्ने चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन्। यो चलचित्र आगमी वर्षाको दशैँको फूलपातीबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्