A vertical shot of the black cat in the dark darkness

जेठ १३ मा काजीको जन्ती, तर के बमकाजी बनेका हुन् प्रेममा भिलेन?


पहिलो भागबाट नै विवाहको अनेक अड्चन खेप्दै आएका काजीका लागी ‘कबड्डी ४’ पनि उति सहज नहुने ट्रेलरबाट देखिएको छ । यो पटक पनि ट्रेलर हेर्दा काजी, बमकाजी र मास्टरनी भान्जीको आसपासमा चलचित्रको कथा घुमेको देखाइएको छ। यो पटक फाइनल म्याच भनिएको कारण पनि दशकबाट काजीको जन्त हिड्न खोजेका दर्शकका लागी निकै प्रतिक्षित रहेको छ चलचित्र। काजी दयाहाँङ राई र बमकाजी सौगात मल्ल मध्ये मास्टरनी भान्जी मिरुना मगरसंग कसको विवाह हुने हो त्यो जेठ १३ गते थाह हुनेछ।

सर्वाधिक सफल सिक्वेलमा रामबाबु गुरुङ्गको निर्देशन रहेको छ। रामबाबु र उपेन्द्र सुव्वाले लेखेको कथा र संवाद निकै मौलिक रहेका छन्। चलचित्र क्षेत्रका लागी निकै अपेक्षित रहेको चलचित्रलाई विशाल गुरुङ, एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका छन्। चलचित्रमा गौमाया गुरुङ्ग, बुद्धि तामाङ्ग, विजय बराल, कमलमणी नेपाल, पुस्कर गुरुङ्ग, माउत्से गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्