‘आँधि तुफान २’ रिलिज तय, पोष्टरमा तीन लेडीको एक्सन


चलचित्र ‘आँधि तुफान २’ को रिलिज मिति तय गरिएको छ । कोरोना महामारीको बिचमा निर्माण भएको चलचित्रको टिमले पोष्टर सहित रिलिज मिति तय गरको हो। चलचित्रको पोष्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ। सस्पेन्स थ्रिलर चलचित्र करिव १५ बर्ष अगाडी निर्माण भएको हिट चलचित्र ‘आँधि तुफान’ को सिक्वेल हो।

मदन घिमिरेले निर्देशन गरेको चलचित्रलाई मौनता श्रेष्ठको निर्माण र कथा रहेको छ।


ओम सी भक्ति मुभी प्रालीको ब्यनारमा निर्माण भएको चलचित्रमा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बाल कलाकार अरुण कालिराजको अभिनय रहेको छ । चलचित्र श्रावण २० गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्