A vertical shot of the black cat in the dark darkness

एयरपोर्टमा पति रोहितसंग अभिनेत्री केकी अधिकारी (फोटोफिचर)


अभिनेत्री केकी अधिकारीले केहि दिन अगाडी रोहित तिवारीसंग विवाह गरिन्। निकै सप्राइज राखिएको वैवाहिक समारोह र सार्वजनिक गरिएका सिमित तस्विरमा मात्र दर्शकले केकी र रोहितलाई देखेका छन्।

प्रेमलाई गुपचुप रुपमा विवाहमा परिणत गरेको यो जोडीलाइ सार्वजनिक कार्यक्रममा हेर्नका लागी दर्शक आतुर रहेका छन्। विवाह र विवाहपछीको लाइफलाई मिडिया बाट केकी र रोहितले टाढा राखेका छन्। विवाह लगत्तै काममा फर्किएकी केकी अर्की अभिनेत्री रिमा विश्वकर्मासंग अमेरिका उडेकी छिन्।

‘मेरो डान्स कप युएसए’ को चौथो सिजनका लागी केकी अमेरिका उडेकी हुन्। सोही दौरान केकीलाई छाड्न रोहित एयरपोर्ट पुगेका थिए। केकी र रोहितका केहि तस्विर हामीले तपाइहरुलाइ प्रस्तुत गरेका छौ।

प्रतिक्रिया दिनुहोस्