‘मेरो विवाह मेरा लागी नै सप्राइज बन्यो’- केकी अधिकारी


अभिनेत्री केकी अधिकारीले साता दिन अगाडी मात्रै रोहित तिवारीसंग विवाह गरिन्। गुपचुप प्रेम र विवाह गरेकी केकीको विवाहको खबर सप्राईज बन्यो। आफ्नो व्यक्तिगत जीवनलाई निकै प्राइभेट राख्न सफल बनेकी केकी विवाह लगतै काममा फर्किएकी छिन्। उनले केहि सुटिङ्ग सकेर अमेरिका उडेकी छिन्। रिमा विश्वकर्मासंग अमेरिका उडेकी केकीले एयरपोर्टमा हामीसंग छोटो कुराकानी गरेकी छिन्।

विवाहको बारेमा बोल्दै केकी सुनाउछिन् ,’ विवाह जीवनमा एकपटक हुने नै कुरा हो। यो जीवनका अनेक मोडमा आउने आयामहरु मध्येको एक हो। मैले विवाह गरेपछि पनि आफ्नो दैनिकी खासै बद्लिएको पाएकी छैन। नयाँ सम्बन्ध र परिवार थपिएको छ त्यो मात्र फरक हो। ‘

उनि अगाडी थप्छिन्,’मलाई कलाकारको रुपमा दर्शकले प्रेम दिनु भएको छ। मेरो पहिलो प्राथमिकता काम नै रहनेछ। ‘

रिमा भन्छिन्,’ जोडिएका नयाँ सम्बन्धले कहिले पनि पुराना सम्बन्धलाई फरक पार्दैन। म यस कारण खुशी छु की केकीको जीवनमा उसलाई अझ धेरै माया र केयर गर्ने नयाँ मान्छेको प्रवेश भएको छ। ‘

प्रतिक्रिया दिनुहोस्