दिवाकरको ‘हनी बनी’ मा जसिता गुरुङ्ग


दिवाकर भट्टराईको निर्देशनमा निर्माण तयारीमा रहेको चलचित्र ‘हनी बनी’ मा कलाकारको इन एण्ड आउट हुने क्रम जारी रहेको छ। चलचित्रबाट नायक अनमोल केसी र नायिका सारा शिर्पाली दुवै बाहिरिएका छन्। सारा युकेको भिषा समस्याका कारण चलचित्रबाट बाहिरिएको बताइएको छ भने अनमोलको सहि कारण खुलाइएको छैन।

यो चलचित्रमा अभिनेत्रीको रुपमा जसिता गुरुङ्गको इन्ट्री भएको छ। निर्माण पक्षले जसितासंग लिखित सम्झौता गरिसकेको छ। साराको रिप्लेसमा जसिता भित्र्याएको निर्माणटिमले अनमोलको रिप्लेस कसलाई खोज्ने हो त्यो भने हेर्न बाँकि छ।

प्रतिक्रिया दिनुहोस्