A vertical shot of the black cat in the dark darkness

‘माइतीघर’ सिक्किमकी श्यामश्री शेर्पा, कलाकार लाइनअप यस्तो बन्यो


रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्र ‘माइतिघर’ को कलाकार लाइनअप पूरा भएको छ। चलचित्रमा डेव्यु अभिनेत्रीलाई परिवर्तन गर्दै लाइनअप सार्वजनिक गरिएको हो । दिकिला शेर्पा चलचित्रबाट बाहिरिएकी छिन् भने श्यामश्री शेर्पा चलचित्रमा अनुबन्धित भएकी छिन्।

सिक्किमकी चर्चित अभिनेत्री श्यामश्रीको ‘तारा : द लस्ट स्टार’ सहित भारतीय वेब-श्रृंखला, विज्ञापन, म्युजिक भिडियोमा अभिनय रहेको छ। ‘तारा : द लस्ट स्टार’ गएको बर्ष कान्स फिल्म फेस्टिभलमा पुगेको थियो ।

चलचित्रमा प्रकाश सपुत, केदार घिमिरे माग्ने बुढा, धिरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ। रविन शेरचन र धीरज तामाङ रहेको चलचित्रलाई मिलन तामाङ्गले निर्देशन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्