‘हनीबनी’ का लागी बेलायत उडे सलोन, जसिताको जोडी को ?


दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘हनीबनी’ को सुटिङ्गका लागी कलाकार सलोन बस्नेत बेलायत उडेका छन्। निर्देशक दिवाकर केहि दिन अगाडी बेलायत पुगेका थिए भने उनले चलचित्रमा अभिनेत्रीको रुपमा जसिता गुरुङ्गलाई साइन गरेका थिए। अनमोल केसी र सारा शिर्पाईली चलचित्रमा मुख्य भुमिकामा अनुबन्धित भएर केहि समयको वर्कसप समेत सकेका थिए।

साराको भिषा समस्या र अनमोलले आफ्नो कारण देखाउदै चलचित्र छाडेपछी जसिता अभिनेत्रीको रुपमा भित्रिएकी थिइन्। मुख्य अभिनेका को हुन् भन्ने निर्माण टिमले अझै जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस्