व्यस्त आंचलको फिटनेस र फेसन (फोटोफिचर)


अभिनेत्री आंचल शर्मा पछिल्लो समयकी सर्वाधिक व्यस्त अभिनेत्री हुन्। उनको करियर अहिले उत्कर्षको मोडमा रहेको छ र एकपछि अर्को चलचित्रमा उनले काम गरिरहेकी छिन्। हाल हलमा उनि मुख्य भूमिकामा रहेको चलचित्र ‘दुखी आत्मा’ प्रदर्शनरत रहेको छ।

दयाहाङ राइसंग जोडी बाँधेर उनले अभिनय गरेको चलचित्रले सकारात्मक प्रतिक्रिया पाईरहेको छ। उनी चलचित्र ‘जेरी: अन टप’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। यो लगत्तै उनी चलचित्र ‘हर्ष’ मा खगेन्द्र लामिछानेसंग व्यस्त रहनेछिन् । अन्य केहि चलचित्रमा उनी अनुबन्धित भैसकेकी छिन् ।

व्यस्ततासंगै फेसनमा पनि आंचल अगाडी रहेकी छिन्। कार्यक्रम र समारोह अनुशार तयार भएर हिड्न पर्ने आंचलको बुझाई रहेको छ। हामी संग आफ्ना मनका कुरा खुलेर साटेकी आंचल तस्विरमा पनि उस्तै सुन्दर रुपमा प्रस्तुत भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्