“समाजोत्थानका निम्ति गुणस्तरीय शिक्षा” नाराका साथ युनाइटेड एकेडेमीले मनायो २५ औ बर्ष


विद्यालय स्थापनाको २५ सौँ वर्ष पुगेको सुखद उपलक्ष्यमा “समाजोत्थानका निम्ति गुणस्तरीय शिक्षा” नाराका साथ युनाइटेड एकेडेमीले जेठ २ गते रजत जयन्ती मनाएको छ । २५ वर्षपहिले एस.एल.सी. पछिको प्लस टु शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो युनाइटेड एकेडेमी नेपालकै शैक्षिक क्षेत्रमा एउटा कोसे ढुङ्गाको रूपमा स्थापित भएको छ । प्रारम्भदेखि नै विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा विगत ३ वर्षदेखि कानुन सङ्कायसमेत अध्ययनको निम्ति थप गरिएको छ ।


साढे दुई दशकदेखि काठमाडौँ उपत्यकामै यो विद्यालय आफ्नो छुट्टै पहिचान बनाउन सक्षम भएको
छ । “सहनाभवतु, सहनौ भुनक्तु, सह वीर्य करवावहै” मन्त्रलाई मूल मन्त्र बनाएकै कारण यो देशकै एउटा स्थापित शिक्षण संस्था बन्न पुगेको छ । नेपालकै विभिन्न भू-भागका विद्यार्थीहरूका निम्ति पहिलो रोजाइ बन्न पुगेको यस विद्यालयको २५ वर्षे निरन्तरता तथा यस विद्यालयबाट आफ्नो अध्ययन समाप्त गरी विश्वका विभिन्न देशका विभिन्न क्षेत्रमा पुगेका विद्यार्थीहरूको चरम सफलता नै यस विद्यालयको महत्त्वपूणर् उपलब्धी हो । यसका साथै २५ वर्षे अवधिमा ग्ब् ले उच्च शिक्षाका निम्ति युनाइटेड कलेजको समेत स्थापना गरी त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा BA, BBS, BCA, BBM / MBS समेत सञ्चालन गरेको छ ।

उच्चस्तरीय शिक्षा मात्र नभई Play Group देखि SEE स्तर सम्मको जुनियर विंग युनाइटेड स्कुलका साथै युनाइटेड युनिभर्सल स्कुलसमेत सञ्चालन गरेको छ । विगत साढे दुई दशकदेखि सञ्चालित यस AU ले जुनियर विंग युनाइटेड स्कुल, युनाइटेड युनिभर्सल स्कुलदेखि सिनियर विंग युनाइटेड कलेजसम्म विस्तार गरेको छ ।


यस वर्षभरि आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर, ललितपुर जिल्लाको वातावरण संंरक्षण तथा समाजोत्थानका निम्ति विविध कार्यक्रम सञ्चालन गरेर आफ्नो रजत जयन्ती मनाउने छ ।

प्रतिक्रिया दिनुहोस्