‘कब्बड्डी ४’ लाई मल्टिप्लेक्समा उच्च शो


बर्षको प्रतिक्षित चलचित्र ‘कब्बड्डी’ को फाइनल म्याच यहि जेठ १३ गते शुक्रबारबाट रिलिज हुदैछ । चलचित्रको अग्रिम बुकिङ्ग खुलिसकेको छ। चलचित्रले मल्टिप्लेक्समा उच्च शोज पाएको छ। मल्टिप्लेक्सको ठुलो चेन क्युएफएक्सले चलचित्रलाई देशभरका हलमा ८७ शोज दिएको छ। यो कुनै पनि चलचित्रले पाएको सर्वाधिक बढी शोज हो। दर्शकका लागी निकै प्रतिक्षित रहेको चलचित्रको बुकिङ्ग राम्रो हुने देखिएको छ। काठमाडौंको बिग मुभिजले १५, वान सिनेमाजले १०, चावहिलको एफक्युबले १० शोज चलचित्रलाई दिएका छन्।

आइतबार समेत सार्वजनिक बिदा भएका कारण चलचित्रको विकेन्डको कमाई निकै आक्रामक हुने देखिएको छ। हरेक सिरिजमा सफलता हासिल गर्दै आएको चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका छन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ्ग लगायतको अभिनय रहेको छ।
काजी अर्थात् दयाहाङको विवाह हुन्छ हुन्न भन्ने चासोले दर्शकलाई हलसम्म पक्का तान्नेछ।

प्रतिक्रिया दिनुहोस्