पैसा कमाउन सौगात र सलोनको लडाई


चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक भएको छ। सौगात मल्ल र सलोन बस्नेत मुख्य भूमिकामा रहेको चलचित्रमा यी दुवैको टक्कर देखाइएको छ। पैसा कमाउन र राज गर्न यी दुवैले गर्ने संघर्ष र लडाईलाई चलचित्रको ट्रेलरमा देखाईएको छ। जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको चलचित्रलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका छन्।

असार १० गतेबाट रिलिज हुने चलचित्रमा सौगात र सलोनका स्सथामा शिशिर भण्डारी, आशान्त शर्मा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्