के चलचित्र नगरीमा प्रवेश गर्दैछिन् नीति शाह?


मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह मोडलिङ र फेसनको दुनियाँमा स्थापित नाम हो। फेसन मोडलिङ र विज्ञापनमा उनलाई धेरै देख्न सकिन्छ। सुन्दरताले धेरैलाई मोहित बनाउन सफल बनेकी नीतिलाई सामजिक संजालमा फलो गर्नेको पनि राम्रै उपस्थिति रहेको छ।

नीतिले चलचित्रमा अभिनय गर्ने चर्चा चलेको पनि लामै समय भयो। केहि समय अगाडी त प्रदिप खड्कासंग जोडी बाँधेर चलचित्रमा अभिनय गर्ने हल्ला समेत चल्यो। तर अहिलेसम्म नीतिलाई चलचित्रमा देखिएको छैन।

तर नीति चाडै चलचित्रमा देखिने सम्भावना रहेको बुझिएको छ। नीतिका म्यानेजर निराजन गिरीले नीति चाडै ठुलो पर्दामा देखिन सक्ने बताएका छन् । तर उनले कुन चलचित्रमार्फत देखिने तयारी हो भन्ने बारे कुनै कुरा खुलाएनन् । निराजन भन्छन्, ‘ उहा पक्कै पनि ठुलो पर्दामा देखिनुहुनेछ। तर कुन चलचित्र भनेर अहिले नै भनि नहालौ।

प्रतिक्रिया दिनुहोस्