रिलिज मिति सहित ‘कब्बड्डी ४’ को टिजर: मिरुनाको इन्ट्री, दयालाई बिहेकै चिन्ता (भिडियो)


नेपाली चलचित्र क्षेत्रको सर्वाधिक सफल सिरिज ‘कब्बड्डी’ को फाइनल म्याच रिलिजको तयारीमा रहेको छ । ‘कब्बड्डी ४- द फाइनल म्याच’ नाम दिईएको चलचित्रको टिजर सार्वजनिक भएको छ । कलाकारको जम्बो टोली रहने चलचित्रको पहिलो सिरिजबाट नै रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुदै आएको छ। चलचित्रको टिजरमा उही पहिले जस्तै दयाहाङ्ग राईको विवाह र यसको आसपासका कथालाई देखाईएको छ । पुराना कलाकारको बिचमा यो पटक अभिनेत्री मिरुना मगर थपिएकी छिन्। चलचित्र दयाहाँङ्ग राई, सौगात मल्ल, बुद्धि तामाङ्ग, विजय बराल ,गउमाया गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतीमा सुष्मा फिल्म्स प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रमा विशाल गुरुङ्ग, सुष्मा गुरुङ्ग, मधु मिजार र मनिराम पोख्रेल निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रामबाबु गुरुङ्ग र उप्रेन्द्र सुब्बाको कथा रहेको छ। चलचित्र बैशाख २९, २०७९ मा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्