कस्तो छ नयाँ बर्षमा ‘पिताम्बर’ को अकुपेन्सी?, हलमा दर्शक भेट्दै चलचित्रको टिम
शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘पिताम्बर’ ले हलमा दर्शकको साथ बढाउदै गएको छ। उच्च हाइप, स्टारको बलियो उपस्थिति रहेको चलचित्रको वर्ड अफ माउथ राम्रो रहेको छ । सोहि कारण पनि चलचित्रले हलमा दर्शकको अकुपेन्सी बढाउदै गएको छ। नयाँ बर्षको पहिलो दिन पनि चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ। १८५ बढी शो संख्या पाएको चलचित्रको अकुपेन्सी ८० प्रतिशत भन्दा बढी रहेको छ। धेरै शोहरु हाउसफुल देखिएका छन्।

दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती चलचित्र बजारलाई सक्रिय बनाएको छ।
चलचित्रले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् । चलचित्र हलमा पिताम्बरका दर्शक भीड लाई सम्बोधन गर्दै सौगातले भनेका छन् ‘यो दर्शकहरूको माया हो । दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् । एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चाैलागाईंकाे चलचित्र बजारमा चर्चा बढेकाे छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।
चलचित्रको कमाई निर्माण टिमले अहिलेसम्म सार्वजनिक गरेको छैन। उच्च हाइपका बाबजुद सुरुवाती दिनमा सोचेजस्तो व्यापार चलचित्रको भएको थिएन । अब भने विस्तारै चलचित्रले आफ्नो व्यापार बढाउदै गएको छ ।