दशैँबाट फागुनमा पुग्यो अशोक शर्माको ‘डबल ट्रिपल’
चलचित्र ‘डबल ट्रिपल’ को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । दशैँको फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको चलचित्रको रिलिज मिति फागुन १ गतेलाई तय गरिएको छ। निर्देशक अशोक शर्माले दशैँमा धेरै चलचित्र आउने भएपछी रिलिज मिति हेरफेर गरेको उल्लेख गरेका छन्।

अशोकले सामाजिक संजालमा लेखेका छन्–‘दशैंमा धेरै फिल्महरू आउने भो, भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि सुरक्षित हुनुहोस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तयार भएनन् । यसैले, अब डबल ट्रिपल फागुन १ गतेबाट रिलिज हुनेछ ।’
यसअघि दशैं नछाड्ने अडान अशोकले लिएका थिए । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको छायांकन भदौमा सुरु हुने वुझिएको छ ।