निर्माता बने पल शाह, विकासको निर्देशनमा ‘यानीमाया’ बनाउदै
नायक पल शाहले अव निर्माताको रुपमा आफ्नो यात्रा अगाडी बढाउने भएका छन्। उनको निर्माणमा टायर हुने चलचित्र ‘यानीमाया’ को घोषणा भएको छ। नयाँ बर्षको अवसर पारेर घोषणा गरिएको चलचित्र पल शाह फिल्मस्को व्यानरमा निर्माण हुनेछ। यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्नेछन् । यो उनको पहिलो निर्देशकीय चलचित्र हो।

‘प्रकाश, पुजार सार्की र महाभोज’ को कथा लेखेका विकासले धेरै म्युजिक भिडियो निर्देशन गरेका छन्। पल र विकासको मित्रता पुरानो रहेको छ। पलले चलचित्र निर्माण गर्ने चर्चा केहि समय अगाडी बाट नै चलेको थियो । विकास सुवेदीले नै कथा तयार पारेको चलचित्र फ्यामिली ड्रामा कथामा आधारित भएर निर्माण हुनेछ। असारबाट छायांकनमा जाने चलचित्रका कलाकारको बारेमा भने कुनै जानकारी गराइएको छैन।