राजेश हमालको क्रेज: १५ मिनेटमा ट्रेन्डिङ यात्रा, नम्बर ३ मा ‘नरसिंहा’ ट्रेलर


महानायक राजेश हमालको कमब्याक भएका कारण चलचित्र ‘नरसिंहाः अवतार’ लाई दर्शकले निकै चासोका साथ हेरेका छन्। हिजो यो चलचित्रको ट्रेलर रिलिज गरियो। काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमका बीचमा सार्वजनिक गरिएको चलचित्रको ट्रेलर रेकर्डमय भनेको छ। एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित चलचित्रको ट्रेलर रिलिजको १५ मिनेटमै ट्रेन्डिङमा पर्न सफल भएको थियो। यसबाट पनि यो चलचित्र प्रति दर्शकको चासो कति रहेको छ थाह हुन्छ।

हाल यो ट्रेलर मुभिज सेक्सनको ३ नम्बर ट्रेन्डिङमा रहेको छ। अधिकांश सकारात्मक प्रतिक्रिया सहित रिलिजको १९ घण्टामा झन्डै ६ लाख पटक यो टिजर हेरिसकिएको छ। नम्बर १ मा चलचित्र बलिदानको प्रि- टिजर रहेको छ भने २ नम्बरमा ‘ऊनको स्विटर’ को ट्रेलर रहेको छ। यहि रफ्तार रहने हो भने चाडै ‘नरसिंहा’ को ट्रेलरले १ नम्बर कब्जा गर्ने छ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन रहेको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ। नेम महर्जनको लगानी रहेको चलचित्रको निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् । जेठ ९ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्