‘कबड्डी ४’ : ३ करोड बढीको ओपनिङ, शनिबार बिहानैबाट हाउसफुल


बहुप्रतिक्षित चलचित्र ‘कबड्डी ४’ जेठ १३ गतेबाट रिलिज भएको छ । रामबाबु गुरुङ्ग निर्देशित सर्वाधिक सफल सिरिजको फाइनल म्याच देशभरका हलमा सोलो रिलिज भएको थियो । १०० बढी क्युएफएक्सको साथमा अन्य मल्टिप्लेक्सका हलको उलेख्य शोज बोकेर रिलिज भएको चलचित्रको अग्रिम बुकिङ्ग निकै आक्रामक बनेको थियो । सोहि कारण पनि चलचित्रको ओपनिङ्ग आक्रामक हुने पक्का थियो । निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रले पहिलो दिन ३ करोडको ग्रस कलेक्सन गरेको छ । यो आफैमा नेपाली चलचित्रको रेकर्ड तोड ओपनिङ हो ।

तीन दिनको विकेन्ड कमाई चलचित्रको आक्रामक हुने पक्का छ । शनिबार बिहानीको झरीको प्रवाह नगरी दर्शक हलमा पुगिरहेका छन् । हाउसफुल व्यापार शनिबार कायम रहेको छ भने आइताबारको बुकिङ्ग पनि आक्रामक रहेको छ । ६ करोड बराबरीको विकेन्ड कमाई आंकलन गरिएको चलचित्रको व्यापार त्यो बराबर हुने लगभग पक्का छ ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ्ग, विजय वराल, गौमाया राई लगायतका कलाकार चलचित्रको मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्