हिमालय रोडिजको नयाँ ‘ग्याङ्ग लिडर’ कविता नेपाली
हिमालय टेलिभिजनबाट प्रसारण हुने एड्भ्नेचार रियालिटी शो ‘रोडिज’ को नयाँ सिजन प्रसारणको तयारीमा रहेको छ। चार ‘ग्याङ्ग लिडर’ रहने यो शोलाई रेमन दास श्रेष्ठले संचालन गर्ने गर्दछन्। हरेक सिजनमा नयाँ र आकर्षक आइडिया र नियम आउने यो शोमा अनुपविक्रम शाही, आशिष राना ‘लाहुरे’ , प्रियंका कार्की र दिया मास्के अघिल्लो सिजनमा ‘ग्याङ्ग लिडर’ को रुपमा रहेका थिए ।

यो सिजनमा अनुप , लाहुरे र प्रियंका ‘ग्याङ्ग लिडर’ को रुपमा दोहोरिएका छन् । दिया आउट हुँदा नयाँ ‘ग्याङ्ग लिडर’ को रुपमा मोडल तथा डान्सर कविता नेपालीको प्रवेश भएको छ। भर्खरै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी कविता स्पष्ट वक्ता, र निडर पर्सनालिटीको रुपमा परिचित रहेकी छिन्। उनको प्रवेशले शो थप रोचक हुने विस्वास गरिएको छ। यो शोलाई सोमोस सुनुवारले निर्देशन गर्नेछन्।