अशोक र टंकको ‘मन बिनाको धन’ कार्तिक २१ मा आउने
गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा तयार भएको चलचित्र ‘मन बिनाको धन’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। चलचित्रले कार्तिक २१ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ ।

चलचित्र अशोक दर्जी,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
सामजिक संजालमा भाइरल भएका अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ रिलिज भएको थियो । टंकले नै उनलाई यो गीत रेकर्ड गराएका थिए । सडकमा गाउँदै हिड्ने उनको जीवन यो गीत र टंकले परिवर्तन गरिदिएका थिए। टंकसंगै अशोक बस्ने गर्दछन् । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्रलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।