‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त, अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशन रहने


टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि ‘ निर्माण र निर्देशन गरेका अर्जुन घिमिरे पाँडे अव चलचित्र निर्देशनमा होमिएका छन्। केहि समय अगाडी जेपिटी क्रियसनले ‘लाज शरणम्’ गरेको थियो। यो चलचित्रलाई कुमार कट्टेल जिग्रीले निर्देशन गरेका थिए। चलचित्रमा अर्जुनले अभिनय गरेका थिए। ठीकठाक समिक्षा र व्यापार गरेको चलचित्रपछि अर्जुन निर्देशनमा होमिएका हुन्। ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु गरिएको छ।

‘झरीपछिको इन्द्रेणी’ मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश छन् । अन्य कलाकारको प्रवेश सम्भावनाको ढोका खुला रहेको अर्जुनले बताए। यो चलचित्रमा दिपाश्री निरौला, निर्मल शर्मा, गणेश उप्रेती, रमेश उप्रेती लगायतका कलाकारको अभिनय रहनेछ। यहि चलचित्रबाट गणेशले करिव ९ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन्।

४५ दिनको सेड्युल राखिएको चलचित्र काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ। पारिवारिक कथावस्तुमा निर्माण हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सुशील कडरियाको लगानी रहेको छ। चलचित्रलाई बुद्ध थापाले खिच्नेछन्। । रास्वापा नेता गणेश कार्कीको गीत रचना रहने चलचित्रको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्