‘रत्यौली’ निर्माण घोषणा, मुस्कान ढकालले निर्देशन गर्ने
मुस्कान ढकालको निर्देशनमा तयार हुने चलचित्र ‘रत्यौली’ को निर्माण घोषणा भएको छ। ‘नाई नभन्नु ल ३ र समर लभ’ चलचित्र निर्देशन गरेका मुस्कान केहि बर्षको बिश्राम पछि चलचित्र निर्देशनमा फर्किएका हुन्। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने चलचित्र रञ्जन रिजालको प्रस्तुतिमा निर्माण हुनेछ।

रञ्जन कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित थिए । अब, उनी चलचित्र निर्माणमा अगाडि आएका छन् । नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा रहनेछ । तिहार लगतै छायांकन सुरु हुने चलचित्रका कलाकारको बारेमा जानकारी दिईएको छैन।