संस्कृति र प्रेम झल्काउने ‘जारी २’ पोष्टर, असोज ३ मा रिलिज तय
बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘जारी २’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । दशैँमा रिलिज चर्चा बीच यो चलचित्रले असोज ३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। सविधान दिवसको अवसर परेर रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रका ३ पोष्टर सार्वजनिक गरेको छ । ‘जारी-२: सङ अफ च्याब्रुङ’ शिर्षक राखिएको चलचित्रका पोष्टरमा प्रमुख कलाकारलाई स्थान दिईएको छ। पोष्टरमा कलाकारहरु खुशी मुद्रामा देखिएका छन् भने दया च्याब्रुङ बजाउदै गरेको पनि देख्न सकिन्छ । सार्वजनिक भएका तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा चलचित्रको कथा घुमेको बुझ्न सकिन्छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ्ग, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ्ग हुन्।
बर्ष २०८० को सुपरहिट चलचित्र ‘जारी’ को सिक्वेल भएको कारण पनि यो चलचित्र दर्शकका लागी प्रतिक्षित रहेको छ। यो चलचित्रले संस्कृतिको कथा बोकेको कारण पनि यसले हलमा लामो समयसम्म व्यापार गर्ने अनुमान गरिएको छ।