‘राम नाम सत्य’को शुभमुहुर्तसंगै रिलिज मिति तय
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि चलचित्रको छायांकन गर्नेछ । माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्रको प्रदर्शन मिति चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।

निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् । भट्टको एक्सन छवि पोष्टरमा पनि प्रष्ट झल्किएको छ ।
‘राम नाम सत्य’ मा विराज भट्टको साथमा सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ । उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको चलचित्रमा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् ।

माइकल चन्दकै कथा तथा पटकथा रहेको चलचित्रमा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ ।
मोती कार्की क्रियटिभ निर्माता रहेको चलचित्रमा अभिमन्यू निरवी र समय थापा चलचित्रका स्क्रिप्ट कन्सलट्यान्ट रहेको चलचित्रमा विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर, संझना राइको मेकअप रहनेछ । बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको चलचित्र बताए । उनी बोल्दै गर्दा भावुक सुनिएका थिए । नायक विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो चलचित्रमा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए ।