कस्तो छ अनमोल केसी अभिनित ‘जेरी अन टप’ को ट्रेलर ?


यो बर्ष निकै चासोका साथमा हेरिएको चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ। स्टारले भएको चलचित्रको ट्रेलरको मेकिङ्ग उच्च देखिएको छ। त्रिकोणात्मक प्रेम कहानी प्रस्तुत चलचित्रमा बाबु-छोरा बीचको टकराव पनि प्रस्तुत गरिएको छ।

भुवन केसी, केदार घिमिरे, अनमोल केसी, आंचल शर्मा, जसिता गुरुङ्ग, उषा खड्गी लगायतका कलाकार प्रस्तुत ट्रेलरले दर्शकको मन जित्नेमा निर्माण टीम ढुक्क रहेको छ। सगरमाथा अरोहाणका लागी जेरी (अनमोल) ले लिएको संकल्प र त्यो बीचमा आएको आरोह अवरोहलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

सरोज न्यौपानेको प्रस्तुतीमा सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र असोज ३१ गतेबाट रिलिज हुँदैछ। भबिष्य खड्का , रोबिन शेरचन , रामकृष्ण श्रेष्ठ , दीपक भण्डारी , अनान्या न्यौपाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अनिरुद्र गिरि र इश्वर श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्