‘कबड्डी ५’ को छायांकन सुरु, को को थपिए नयाँ कलाकार?
रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्र ‘कबड्डी ५’ को छायांकन सुरु गरिएको छ । रामबाबु गुरुङको नै लेखन रहने चलचित्रको छायांकन मुस्ताङबाट सुरु गरिएको हो । ३५ दिनसम्म छायांकन चल्ने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् ।

४ वटै सिरिजले सफलता हासिल गरिसकेको चलचित्रको पाँचौ सिरिजमा केहि नयाँ कलाकारको प्रवेश भएको छ। चलचित्रमा विपिन कार्की र मिस युके नेपाल २०१७ की विजेता सिर्जना गुरुङको प्रवेश भएको हो। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ, कमलमणि नेपाल, अरुणा कार्कीको मुख्य भूमिका रहनेछ । विपिन र सिर्जनाको प्रवेशले चलचित्रको कथा झन् रोचक हुने देखिएको छ । चलचित्रमा अभिनेत्री रिश्मा गुरुङ्ग पनि रहने चर्चा छ । रिश्माको आगमनले काजी र सोल्टिनीको प्रेम कथा झन् रोचक बन्ने देखिन्छ।