सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ माघ १ गतेबाट प्रदर्शनमा आउने


सौगात मल्ल र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘भाइरल गोर्खे’ ले प्रदर्शन मिति तय गरेको छ। चलचित्रको निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गर्दै माघ १ गतेलाई रिलिज मिति तय गरेको हो। सार्वजनिक पोष्टरमा सौगात र सृष्टि प्रस्तुत रहेका छन्। सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत सार्वजनिक हुँदैछ ।

पोस्टर लाइक, लभ रियाक्ट र इमोजी छ, जसले सामाजिक सञ्जालमा भाइरल हुने रहर र यसमा समर्पित हुने मोहलाई दर्शाउँछ । फलोइङ फर यू लेखिएको छ र मोबाइलको फ्रेमभित्र रहेका सौगात र सृष्टि टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ । ‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको चलचित्र हो।

कमेडी र ह्युमर को साथमा समसामयिक र घरघरको विषय प्रस्तुत चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन्। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको चलचित्रमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्