कति छ बक्स अफिसमा ‘जेरी अन टप’ को कलेक्सन ?


चर्चामा रहेको चलचित्र ‘जेरी अन टप’ ले बक्स अफिसमा आकर्षक व्यापार गरिरहेको छ। पहिलो हप्ता भन्दा दोश्रो हप्ता व्यापारलाइ झन् आक्रमक बनाइरहेको चलचित्रको नौ दिनसम्मको कलेक्सन चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ८ गते शनिबार राति ११ः५९ सम्मको बक्स अफिस आँकडा अनुसार चलचित्रले ६ करोड ५१ लाख बढीको व्यापार गरेको छ।

चलचित्रले हिजो आइतबार ७५ लाखको ग्रस कलेक्शन गरेको छ भने आइतबार बराबरको नै कलेक्सन गर्ने अनुमान रहेको छ। यसरी हेर्दा आज बेलुकासम्म चलचित्रको बक्स अफिस कलेक्सन ८ करोड माथि पुग्ने अनुमान रहेको छ। अष्ट्रेलिया र अमेरिकामा पनि चलचित्रले आकर्षक व्यापार गरेको आंकडा रहेको छ। घरेलु बक्स अफिसमा चलचित्रले १० करोड बढीको कलेक्सन गर्ने अनुमान गरिएको छ। अभिनेता अनमोल केसीको सर्वाधिक कमाई गर्ने चलचित्रमा यो चलचित्र बन्ने पक्का रहेको छ ।

सरोज न्यौपानेको निर्माण र सुयोग गुरुङ्गको निर्देशनमा तयार चलचित्रमा अनमोल केसी, जसिता गुरुङ्ग, आंचल शर्मा, केदार घिमिरे, भुवन केसी , उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्