‘रिदम अफ चेन्ज’ को सन्देश लिएर काठमान्डौमा गुन्जिदै कन्दरा


विशिष्ट इन्टरनेशनलले XO Club र Hi Entertainment को सहकार्यमा Kathmandu Calling Kandara नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रम कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने नयाँ युगको उत्सव हो । काठमाडौँ कलिङ कन्दरालाई नयाँ पुस्तासँग जोड्ने एउटा नविनतम कडी पनि हो । यो कार्यक्रम कार्तिक २८ गते हुँदैछ।

काठमाडौँ कलिङ कार्यक्रम कन्दरा ब्याण्डको नयाँ अभियानको निरन्तरता हो । यसको माध्यमबाट सङ्गीतलाई केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा चेतना, भावनात्मक सम्बन्ध र परिवर्तनको प्रेरणाको स्रोतका रूपमा अघि बढाउनु हो । सङगीत परिवर्तन, शान्ति र रुपान्तरणको लागि समर्पित गर्नु हो । कला र सङगीतका माध्यमबाट निराशा चिर्दै आशा जगाउनु हो ।
कन्दरा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले भने,’काठमाडौँ कलिङ् कार्यक्रम गीतमा परिवर्तन, सोचमा परिवर्तन र आफैँभित्रको परिवर्तनको यात्रा हो । हामी देशमा परिवर्तन चाहन्छौ भने सुरु सधैं आफू र आफ्नै भूमिप्रतिको जिम्मेवारीबोधबाट हुनुपर्छ ।’

चञ्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया जस्ता यस ब्याण्डका कैयन गीतहरु स्रोताहरुले औधी रुचाएका छन् । ब्याण्डको संस्थापक अध्यक्ष तथा लीड भोकलिष्ट विवेक श्रेष्ठ, सहसंस्थापक एवम् ड्रमर सुनील थापा, मादलिष्ट अविनाश गायक, बासिस्ट पंकज झा, गीतारिष्ट सन्देश मुजो, कि वोर्ड नील घतानी, साउण्ड इञ्जिनीयर सिमोन तझ्या र प्राविधिक विज्ञ नविन थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्