‘झिँगेदाउ २’ मा मुकुनलाई महेश त्रिपाठीले गरे रिप्लेस


२०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले सफल भएको थियो। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो चलचित्रको सिक्वेलको तयारी हुँदैछ। मङ्सिर १५ गतेबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायतका कलाकारहरू रहने पक्का छ ।

यो चलचित्रको पहिलो भागमा मुकुन भुषाल रहेका थिए। मुख्य भूमिकामा रहेका भुषाल दोश्रो भागमा नदोहोरिने पक्का भएको हो। केहि संचारमाध्यममा निर्देशक देउजाले नै यो कुराको पुष्टि गरेका छन्। मुकुनलाइ यो चलचित्रमा अभिनेता महेश त्रिपाठीले रिप्लेस गरेका छन्। महेश पछिल्लो समय एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। उनको कामको दर्शकले खुलेर प्रसंसा गरिरहेका छन्। चलचित्रमा आर्यन सिग्देल पनि अनुबन्ध भएको खबर छ।

दुई छोरा र बुहारीबीचको झगडा एकाएक उत्कर्षमा पुगेपछि आमा निराश भएर वृद्धाश्रम गएपछि चलचित्रको पहिलो भाग टुंगिएको थियो । यहीबाट चलचित्रको दोश्रो भागको कथा सुरु हुने निर्माण टिमले बताएको छ। ग्रामिण परिवेशमा चलचित्रको कथा अगाडी बढ्ने छ र यसको सेट निर्माण भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्