नेपालसंगै विदेशमा पनि ‘मन बिनाको धन’ को क्रेज


कार्तिक २१ गतेबाट रिलिज भएको चलचित्र ‘मन बिनाको धन’ ले नेपाली बक्स अफिसमा २ करोड माथीको व्यापार गरिसकेको छ। पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरेको बक्स अफिस आंकडा सार्वजनिक भैसकेको छ। पाएका शो हरुमा राम्रो व्यापार गरिरहेको चलचित्र बिहिबार देखि कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ। कतारमा चलचित्रले बिहिबार र शुक्रबार पाएको दुई सो नै हाउसफुल भएको छ।

कतारमा दुई सो नै हाउसफुल हुने पहिलो चलचित्र ‘मन बिनाको धन’ बनेको वितरकले जानकारी दिएका छन् । हरि मोक्तान ,कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले कतार ,युएई र बहराइनमा चलचित्रको वितरणको जिम्मा लिएका हुन् । चलचित्रले युएई र बहराइनमा समेत राम्रो व्यापार गरेको उनीहरुले बताएका छन । चलचित्र छिट्टै साउदी अरब ,कोरिया लगायतका ठाउँमा समेत प्रदर्शनमा आउदै छ ।

नेपालमा चलचित्र प्रदर्शनको दिन देखि देशभरिका प्रायजसो हलमा हाउसफुलको व्यापार गरेको छ । चलचित्रलाई दर्शकलाई मन पराएका छन् । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित चलचित्रले दर्शकको मन जितेको छ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्