हलमा रिलिज भयो ‘झरी पछिको इन्द्रेणी’
अर्जुन घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हलमा लागेको छ। सिमित शो पाएको चलचित्र फ्राइडे रिलिज अन्तर्गत आजबाट प्रदर्शनमा आएको हो। नयाँ र पुराना पुस्ताको सोच, जेनजी आन्दोलनको कथा समावेश चलचित्रले हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ।

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, कमलमणि नेपाल, प्रियाना आचार्य, विमोचन दवाडी, जेशिका पोखरेल लगायतका कलाकारहरूको अभिनय छ ।



